गेरुवस्त्र लगाएर मोदी केदारनाथ मन्दिरमा

168

एजेन्सी
भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीर्थाटनका लागि उत्तराखण्ड राज्यको केदारनाथ पुगेका छन् । दुई दिने उत्तराखण्ड यात्राका क्रममा प्रधानमन्त्री मोदी केदारनाथ पुगेका हुन् । तीर्थाटनका क्रममा गेरुवस्त्र धारण गरेर केदारनाथको मन्दिर परिसरमा रहेको पवित्र गुफामा उनले ध्यान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदी केदारनाथ भ्रमणका लागि पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनले केदारनाथ मन्दिरको विकासबारे जानकारी लिएको र यसलाई थप व्यवस्थित बनाउन आवश्यक निर्देशन समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो प्रधानमन्त्री कार्यकालमा उनले यसअघि धेरैपटक केदारनाथको भ्रमण गरिसकेका छन् । यससँगै उनले आइतबार बद्रिनाथको भ्रमण गर्ने कार्यक्रम छ । भारतमा जारी आम निर्वाचनअन्तर्गत सातौं चरणको मतदान हुनुअघि एक दिनअघि मोदी तीर्थाटनका लागि निस्केका हुन् ।

Womui
Womui