तस्करलाई पक्राउ गर्दा प्रहरी चौकीमा आक्रमण

129

छिनछिन खबर
नेपालगन्ज– सीमा नाकामा प्रहरीले तस्करलाई पक्राउ गरेपछि प्रहरी चौकीमाथि नै आक्रमण गरिएको छ । चेकजाँचका क्रममा भारतीय तस्करहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि प्रहरीले ६६ राउण्ड हवाई फायर गरेको हो । चरेस तस्करी हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमामा चेकजाँच गरेको थियो ।

इलाका प्रहरी कार्यालय नरैनापुरबाट खटिएको प्रहरीमाथि भारतीयले आक्रमण प्रयास गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रहरीले पाँच किलो चरेसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ‘एक जना पक्राउ परेपछि सीमापारीबाट आएका भारतीयहरुले चौकीमा आक्रमण गरे,’ सिंहले भने, ‘उनीहरुले चौकीमा ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो ।’

प्रहरीले भारतीय नागरिक देवीदिन बिश्वकर्मालाई पक्राउ गरेको जनाएको छ । भारतीयको आक्रमणबाट प्रहरीको भ्यानमा क्षति पुगेको सिंहले बताए ।

Womui
Womui