शान्ति, समृद्धि र राष्ट्रिय एकताका लागि बुद्धमार्गः राष्ट्रपति भण्डारी

176

छिनछिन खबर
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्नुपर्ने बताएकी छिन् ।

उनले बुद्धको प्रेरणदायी उपदेश पालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने बताएकी हुन् । गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीका अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी समुदायमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्न मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता प्रमुख शर्त भएको उल्लेख गरेकी छन् ।

‘यस महत्त्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प साकार पार्न आआफ्ना ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आह्वान गर्न चाहन्छु ।’ राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । रासस

Womui
Womui