सागका पदक विजेता फुपु र रमेशमाथि प्रतिबन्ध, यस्तो छ कारण

48

प्रनिलबहादुर खड्का
काठमाडौं–दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्यामु खत्री र कास्य विजेता रमेश मगरलाई नेपाल जुडो संघले प्रतिबन्ध लगाएको छ । फुपुलाई टोकियो ओलम्पिक २०२० र रमेशलाई १० वर्षका लागि प्रतिबन्ध लगाइएको हो । फुपुलाई गत फागुन १० गते बसेको बैठक र रमेशलाई गत बैशाख २० गते बसेको बैठकले कारबाही गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए ।

फुपु आइओसी सोलिडारी कार्यक्रमअनुसार जापानमा प्रशिक्षणमा गएकी थिइन् । तर उनी समयावधि भन्दा अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचमै प्रशिक्षण छाडेर स्वदेश फर्केकाले कारबाही गरेको बज्राचार्यले बताए । फुपुले जापानमा प्रशिक्षणमा रहेको बेलाको सूचनाको आधार र संघको हित विपरित कार्य गरेको बताइएको छ ।

संघले फुपुलाई आगामी टोकियो ओलम्पिक्स २०२० सम्म कुनै पनि जुडो सम्बन्धी त्यस्तै आइजेएफ एकेडेमी लेभल–१ को ११ हप्ते परीक्षामा उतिर्ण रमेश प्रयोगात्मक परीक्षाका लागि हंगेरी गएका थिए । गत अप्रिल १४ मा हंगरी गएका रमेश उतै पलायन भएको जुडो संघको जनाएको छ । ’उक्त परीक्षामा सहभागि नभई विदेशमा नै पलायन भएकाले देशको छविमा आँच पुर्याउने कार्य गरेको हुँदा १० वर्षसम्म जुडो सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागि नगराउने निर्णय गरिएको जुडो संघले जनाएको छ ।

फुपुले सन् २०१६ मा भारतमा भएको साग गेम्समा स्वर्ण जितेकी थिइन् । नेपाली जुडोकी आसा लाग्दी खेलाडी फुपुलाई जुडो संघ र ओलम्पिक कमिटीको सिफारिसमा जापान पठाइएको थियो। । नेपाली जुडो टिमका अर्का खेलाडी रमेश सन् २०१० मा बंगलादेशमा भएको साग गेम्सअघि लिफ्ट दुर्घटनामा घाइते भएका थिए । सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए ।

Womui
Womui