नेपाल र कम्बोडियाबीच पर्यटन प्रवर्द्धन र व्यापार विस्तार गर्ने सहमति

110

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच भेटवार्ता भएको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

भ्रमणका क्रममा नेपाल र कम्बोडियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु‍¥याउने विषयमा सहमति भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।
Womui
Womui