प्रदेश ३ को स्थायी राजधानी र नामाकरण विषयमा विवाद

121

छिनछिन खबर
काठमाडौं, वैशाख ३० । प्रदेश नम्बर ३ को स्थायी राजधानी र नामका विषयमा चर्को विवाद चलेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयले संसदमा प्रवेश नपाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोस व्यक्त गरेको छ । राजधानी र नामांकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै कांग्रेसले प्रदेश नम्बर ३ को सभा बैठक अवरुद्ध गरेको छ । राजधानी र नामांकरणको विषयले संसदमा प्रवेश नपाएपछि बैठक अवरुद्ध गरिएको कांग्रेस संसदीय दलका नेताले जानकारी दिए ।

कांग्रेसले नाम र स्थायी राजधानीको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गरेको हो । यसअघि सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले सरकार राजधानीको विषयमा गम्भीर रहेको बताएका थिए।कांग्रेसले संसद अवरुद्ध गरेपछि मंगलबार ११ बजे सम्मका लागि संसद स्थगित गरिएको हो । प्रदेश ३ को प्रदेश सभा बैकठ पहिलो पटक अवरुद्ध भएको हो ।

Womui
Womui