शताव्दी पुरुष सत्यमोहन जोशीलाई एक सय वर्षको अवसरमा सम्मान

95

छिनछिन खबर
काठमाडौं, वैशाख ३० । शताव्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । उनलाई बाजागाजा सहित बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको छ ।जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन् । नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको छ ।

बग्गीको सवारीअघि उनको घरमा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पनि उनलाई हस्तान्तरण गरिएको थियो ।बग्गीमा सवारी गराउनका लागि जोशीलाई लिन मेयर चिरीबाबु महर्जन उनकै घरमै पुगेका थिए ।इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदा नै दिइएको छ । ललितपुर महानगरले उनको सम्मानमा एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाउने घोषणा समेत गरेको छ ।

Womui
Womui