पञ्चेबाजा बजाएर प्रचण्डले मनाए ५० औं बैवाहिक वर्षगाँठ

190

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैवाहिक जीवनको ५० औं वर्षगाँठ मनाएका छन् । पत्नी सीता दाहालसँगको सहकार्यको ५० औं वर्षगाँठ बिहीबार पुगेको हो ।

गत वर्ष मंसिरमा छोरा प्रकाशको निधनपछि विक्षिप्त बनेकी पत्नी सीताको मुहारमा खुसी ल्याउन प्रचण्डले सहकार्यको ५० औं वर्षगाँठ मनाएका हुन् । खुमलाटारस्थित प्रचण्डको आफ्नै निवासमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनका साथै मन्त्रीहरु, सांसद, नेकपाका नेतालगायतको बाक्लो उपस्थिति थियो ।

सहकार्यको ५० औं वर्ष नाम दिइएको कार्यक्रममा प्रचण्ड र सीता दुलाह दुहली झैं सजिएका थिए । उनीहरुले विवाहमा झैं एकअर्कालाई माला लगाइदिए । कार्यक्रममा पञ्जेबाजा समेत बजाइएको थियो

Womui
Womui