राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई थप शक्तिशाली बनाइँदै

93

छिनछिन खबर
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्लाई थप शक्तिशाली बनाइने तयारी गरिएको छ । सरकारले तयार पारेको राष्ट्रिय खेलकुद विकास ऐनले त्यस्तो व्यवस्था गर्न थालेको हो । उक्त ऐनले नेपाली खेलकुदलाई संघीय संरचनाको मर्मअनुसार रुपान्तरण गर्ने लक्ष्य राखेको छ । विधेयकअनुसार राष्ट्रिय खेलकुद परिषदमा अब दुई वटा संरचना हुनेछन् ।

परिषद्को सर्वोच्च निकायका रुपमा सञ्चालक परिषद् र कार्यकारी निकायका रुपमा कार्यकारी समिति रहने छ । युवा तथा खेलकुद मन्त्रि वा राज्यमन्त्री अध्यक्ष रहने सन्चालक परिषद्को अध्यक्ष हुनेछन् । सन्चालक परिषद्मा अध्यक्षलाई शक्तिशाली बनाइएको छ । उनले १२ जना सदस्य मनोनित गर्नेछन् । नेपालका विश्वविधालयहरुमध्येबाट सिफारिस भएकामध्येबाट नियुक्त हुने एक सदस्य र उधोग वाणिज्य क्षेत्रको प्रतिनिधित्व गर्ने महासंघ वा संघहरुका अध्यक्षहरुमध्येबाट मनोनित हुने एक जनाबाहेक अन्य सदस्यको हकमा उमेर हद ६० वर्ष तोकिएको छ ।

वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने लगायत काम कार्यकारी समितिले गर्नेछ । सन्चालक परिषद्का सदस्यसचिव कार्यकारी समितिको संयोजक हुनेछन् । समितिको संयोजक समग्रमा राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी प्रमुख हुनेछन् । कार्यकारी समिति सात सदस्यीय हुनेछ ।

Womui
Womui