लामो समय सम्म सडक मर्मत नहुँदा विरोधमा उत्रिए स्थानीय

53

छिनछिन खबर
काठमाडौं, वैशाख २६ । जोरपाटी चुच्चेपाटी, टुसाल, बौद्ध रसडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाहरु विरोधमा उत्रिका छन् । सडकको अवस्था निकै खराब हुँदै गएपछि असह्य भएर उनीहरुले आन्दोलन सुरु गरेका हुन् । बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

बौद्ध व्यापार संघको आयोजनामा बिहीबार व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् ।प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत–जावत रोकेका थिए । प्रहरीले सडकका अवरोधहरु हटाएको छ ।

Womui
Womui