कानून व्यवसायी आचार्यले गराए करोडौं मूल्यको जग्गा आफ्नो नाममा

122

भू–माफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा सारेका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेमा कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा गराएका छन् । पछिल्लो समय भूमाफियाहरु निकै सक्रिय भएका छन् । कानूनी राजको नै उपहास हुने गरी भूमाफियाहरु सक्रिय भइरहदाँ बाँके पनि अछुत रहन सकेन । बाँके डुडुवा गाउँपालिका–२ बेतहनीका उषा कुर्मीको १ विघा १५ कठ्ठा ४ धुर जग्गा उच्च अदालत बार एशोसिएशसन बाँकेका अध्यक्ष समेत रहेका कानून व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताएकीछन् ।

बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानून व्यवसायी आचार्यले उषाको करोडौं मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित उषा कुर्मीले बताइन् । उषाकी आमा लामो समयदेखि पाइल्सको विरामी हुनुहुन्छ । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई २ कठ्ठा साढे ४ धुर जग्गा साढे २ लाखमा बिक्री गरेकी थिईन । तर, जग्गा पास गर्ने क्रममा २५ लाखमा १ विघा १५ कठ्ठा ४ धुर जग्गा बिक्री गरेको सहिछाप गराएर करोडौं मूल्यको जग्गा झ्वाम्प पारिएको हो । उषा लेखपढ गर्न जान्दनिन् । रुकोसी र जगदीश कुर्मीकी उषा एक्ली छोरी हुन् । जगदीशले यसअघि नै छोरीको नाममा जग्गा नामसारी गरिदिएको बताए । उषाको नाममा रहेको कित्ता नम्बर १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मंसिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा बिक्री गराईदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौ भन्दै उषा र उषाका बुवालाई भारतमा लगेर करिब ६ महिना उनीहरुले बन्धक बनाएको पीडितले बताइन् ।

जसोतसो त्यहाँबाट भागेर बैशाख १० गते बेतहनी आएकी उषाले आज नेपालगन्जका पत्रकारहरुसँग कुराकानी गर्दै भनिन् –‘डाक्टर आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर डाक्टर पनि आएनन् । म माथि दुर्गा र रामले पटक–पटक बलात्कार समेत गरे ।’ आफ्नो पीडा सुनाउदै उषाले भनिन्– भागेर ज्यान जोगायौं । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन् बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफु छांगाबाट खसेको उनले बताईन् । अहिले उषा आफ्ना बृद्ध बुवाआमासँगै न्याय खोज्दै अड्डा अदालत र प्रहरी प्रशासन धाइरहेकी छन् । तर, कानून व्यवसायी आचार्यले प्रक्रिया पु¥याएर आफुले खरिद गरेको बताएकाछन् । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफुले पैसा बुझाए फुकुवा गरि खरिद गरेको उनले बताए । पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो उनले भने ‘तर अहिलेसम्म पीडित मसँग आउनु भएको छैन् । यो मेरो पेशागत व्यवसायलाई धमिलाउने खेल भएको छ ।’ केही दिन अघि आचार्यकै ल फर्मबाट अख्तियारले ३ लाख घुस सहित उच्च अदालत नेपालगन्जका टाईपिष्ट नायव सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।

सेतोखरी डटकमबाट

Womui
Womui