बाँकेमा ‘विप्लव’ समुहका दुई नेता पक्राउ

19

नेपालगन्ज, बैशाख २५-
सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ निकट नेकपाका पोलिटिब्युरो सदस्यसहित दुई जनालाई प्रहरीले बाँकेमा गरेको छ । बाँकेको गनापुरबाट बुधबार दिउँसो पोलिटब्युरो सदस्य भरत बम र उनका सहयोगी सत्यबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो । गनापुरमा रहेको एक कम्पनीमा माग गरिएको चन्दा नदिएको भन्दै बम र उनका सहयोगी प्रेसर कुकर बम लिएर त्यहाँ जादै गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बमको साथबाट कुकर बम सहित पार्टीको अत्यावश्यक दस्तावेज बरामद गरिएको ईप्रका प्रमुख(डिएसपी) रमेशबहादुर सिंहले नागरिकलाई जानकारी दिए । सूचना पाए लगत्तै उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी सिंहले बताए । पक्राउ परेका बम र शाहीविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाही कालिकोटका जनस्वयं सेवक प्रमुख रहेको पनि अनुसन्धानबाट खुलेको सिंहले जनाए ।

Womui
Womui