’मेरो सरकार’मा प्रधानमन्त्री ओलीको जवाफ भुलुचुक नभई सही भएको दाबी

33

छिनछिन खबर

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनमा प्रस्तुत गरेको ‘मेरो सरकार’ सही भएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले भुलुचुकले परेको नभई सुझबुझपूर्ण ढंगले राखेको बताए । उनले भने, ‘राजारमहाराजाले मेरो भन्न हुने तर जनताले चुनेको व्यक्तिले अपनत्व लिन नहुने भन्ने हुँदैन । उनले दुनियाँभरिको अभ्यास ’मेरो सरकार’ रहेको बताउँदै अघिल्लो वर्ष नमिलेको कुरामा यस वर्ष मिलाएको बताएका छन् ।

 

ओलीले प्रतिपक्षीलाई पनि ’मेरो सरकार’ भन्न सुझाएका छन् । उनले भने, ‘हुन त प्रतिपक्षीलाई आफ्नो सरकार भन्न गाह्रो होला । तर, मेरो सरकार भने हुन्छ । बजेट हेर्नुहोला प्रतिपक्षका लागि धेरै कुरा छन् ।’प्रतिपक्षले नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभेटेको ओलीको ठहर छ । नीति तथा कार्यक्रमका विषयमा उठेको सवालको जफाव दिन संसदमा पुगेका उनले प्रतिपक्षी सांसदहरुले आलोचनाको ठाउँ नभेटेको दाबी गरे । आफूले सांसदहरुको संशोधन प्रस्ताव हेरेको तर संशोधन गर्नयोग्य सुझाव नभेटेको उनको भनाइ छ ।

Womui
Womui