राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्दा उठाइएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

128

छिनछिन खबर

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर वर्ष ०७६–७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदैछन् । नीति तथा कार्यक्रममाथि संसद्‌मा उठेका प्रश्नहरुको जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले आज जवाफ दिने कार्यसूची तय भएको हो । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रयोग भएको ’मेरो सरकार’ र ’संविधानको सर्वस्वीकार्यता’का विषयमा धेरै प्रश्न उठाइएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले ’मेरो सरकार’ पदावलीमा आपत्ति जनाएको छ ।त्यसैगरी राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधानको सर्वस्वीकार्यतामाथि प्रश्न उठाएका छन् । आइतबार र सोमबार भएको छलफलमा प्रतिपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्ता पक्षका सांसदहरुले त्यसको बचाउ गरेका छन् ।

Womui
Womui