मुस्लिम समुदायको तीस दिन ‘रोजा’ बस्ने रमजान पर्व सुरु

15

छिनछिन खबर
काठमाडौं, वैशाख २४ । मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । मंगलबारबाट सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास ‘रोजा’ बस्छन् ।सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि वतारिक गरी रोजा खोल्नुपर्छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने प्रचलन छ ।

रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै प्यासै रही अल्लाहलाई याद गरी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

Womui
Womui