सैनिकसहित तीन नयाँ विश्वविद्यालय खोल्ने सरकारको नीति, चिकित्सा विश्वविद्यालय परेन

220

छिनछिन खबर
काठमाडौं, वैशाख २२ ।  सरकारले संघीय संसदमा तीन नयाँ विश्वविद्यालय सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम पेश गरेको छ।नेपाली सेनाले लामो समयदेखि आफ्नै विश्वविद्यालय सञ्चालनका लागि लबिङ गर्दै आएको थियो। सेनाको लबिङअनुसार यस वर्ष नीति तथा कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव समेटिएको छ।

‘राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न’ विश्वविद्यालय आवश्यक रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।सेनाले हाल त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर अध्ययनरअध्यापन गराउँदै आएको छ।त्यस्तै मदन भणडारी विश्वविद्यालय पनि नीति तथा कार्यक्रममा परेको छ। स्वर्गीय भण्डारीको नाममा विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव नीति तथा कार्यक्रमको दुई ठाउँमा राखिएको छ। हाल मदन भण्डारी कलेज सञ्चालनमा छ। उक्त कलेजमा स्नातकोत्तर तहसम्म पढाइ हुन्छ। त्यस्तै मदन भण्डारीको नाममा पोलिटेक्निक इन्स्टिच्युट पनि सञ्चालनमा छ। नीति तथा कार्यक्रममा ‘मदन भण्डारी प्रौद्धोगिक विश्वविद्यालय स्थापना गर्ने पूर्वघोषित नीतिको कार्यान्वयन अगाडि बढाइने’ उल्लेख छ।

त्यस्तै नीति तथा कार्यक्रममा ‘शिक्षा विज्ञान तथा प्रविधको क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान गर्ने विशिष्टिकृत विश्वविद्यालयका रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी दुई वर्ष्भित्र सञ्चालनमा ल्याइने’ जनाइएको छ।त्यस्तै अर्को एक आयुर्वेदसम्बन्धी विश्वविद्यलाय स्थापना गर्ने नीति सरकारले लिएको छ।‘विदुषी योगमाया आयुर्वेद विश्वविद्यलाय स्थापना लागि आवश्यक पूर्वाधार विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। अघिल्लो वर्ष पनि यो विश्वविद्यालय स्थापनाको विषय नीति तथा कार्यक्रममा थियो।नीति तथा कार्यक्रममा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापनाको विषय भने समेटिएको छ। यसअघि चिकित्सा शिक्षा आयोगसम्बन्धी ऐनमै सत्तारूढ सांसदले विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरेका थिए। उनीहरुले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन सरकारी तवरबाट विश्वविद्यालय सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए।

Womui
Womui