झापामा निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु

28

छिनछिन खबर
भद्रपुर,बैशाख २२ ।  झापाको मेचीनगर नगरपालिका–९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईंको मृत्यु भएको छ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवर्द्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।६ जना साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो।

समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न २ पोखरी निर्माणाधीन अवस्थामा छन्। निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको उनले दाबी गरे। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Womui
Womui