काश्मीरमा भाजपा नेताको गोली हानी हत्या

19

छिनछिन खबर
काश्मीर,बैशाख २२ ।  भारत प्रशासित काश्मीरको अनन्तनाग जिल्लामा शनिबार सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का नेता गुल मोहम्मद मिरको गोली हानी हतया गरिएको छ। कुनै चरमपन्थी संगठनले मिरको हतया गरेको हुनसक्ने आशंका गरिएको छ।

उनी अनन्तनाग जिल्लाका पार्टी उपाध्यक्ष थिए। घटना अनन्तनाग लोकसभा स्थानका लागि हुन लागेको तेस्रो चरणको चुनावभन्दा ठिक ३ दिन पहिले भएको ।तेस्रो चरणअन्तर्गत सोमबार अनन्तनागमा चुनाव हुँदैछ। रिपोर्टका अनुसार सन् २०१९ मा आम चुनावका दौरानमा भारत प्रशासित काश्मीरमा भएको यो पहिलो राजनीतिक हत्या हो ।

भारतीय जनता पार्टीले हत्याको निन्दा गर्दै सिबिआई जाँच गर्नका लागि माग गरेको छ।काश्मीर प्रहरीका अनुसार मिरमाथि नौगामस्थित आफ्नै घरमा गोली प्रहार गरिएको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको थियो।घटनाबारे अनुसन्धान अघि बढायएको काश्मीर प्रहरीले जनाएको छ।

Womui
Womui