७ अर्ब राजस्व छलीमा आजै फैसला हुन सक्ने

145

छिनछिन खबर
काठमाडौं,बैशाख १७ । ६ वर्षअघि छानबिन भएको नक्कली भ्याट बिल प्रकरणका भाटभटेनी ग्रुपसहित चार आरोपीहरुको मुद्दाको अन्तिम सुनुवाइ आज सकिँदैछ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र बमकुमार श्रेष्ठको इजलासमा गत सोमबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको उक्त मुद्दामा मंगलबार सवै पक्षको अन्तिम बहस चलिरहेको छ ।

नक्कली भ्याट बिलमा मुछिएका व्यापारीहरू फेरि कानुनी छिद्र खोज्दै न्यायिक निकायमा धाउँदै आएका छन् । ७ अर्बभन्दा बढीको भ्याट छलीमा परेका ती व्यापारीहरूले अदालत प्रभावित पार्न बिचौलिया समेत परिचालन गरिरहेका छन् ।२०६९ सालमा ७ अर्ब बराबर भ्याट छलीमा परेका करिब ३ सय कम्पनीले नक्कली भ्याट बिल मार्फत राजस्व ठगेको खुलासा भएको थियो। त्यसपछि आरोपित व्यापारी र कम्पनीहरू सर्वोच्च अदालतको ढोकासम्म पुगेका थिए ।

सर्वोच्च अदालतमा भाटभटेनी सुपर मार्केट, अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन ग्यास प्रालि र महेश बानियाँको मुद्दामा केही महिनादेखि अन्तिम सुनुवाइ सुरु भएको थिया े। भाटभटेनीले ३७ वटा भन्दा धेरै फर्महरुबाट नक्कली बिल खरिद गरेको राजस्व विभागको अनुसन्धानमा पाइएको थियो भने चौधरी ग्रुपपको अरुण इन्टरकन्टिनेन्टलले पनि दुई दर्जन फर्मबाट नक्कली बिल खरिद गरेको थियो ।नक्कली बिल प्रकरणमा राजस्व न्यायाधिकरणले उनीहरुलाई दोषी ठहर गरे पनि उनीहरु त्यसविरुद्ध सर्वोच्च आएका थिए ।

व्यापारी पक्षका कानुन व्यवसायीको संख्या धेरै भएकाले यो मुद्दा केही समयदेखि सुनुवाइ लम्बिँदै आएको थियो। सोमबारको बहसपछि यो पेसी हेर्दाहेर्दैमा राखिएको थियो ।दुवै पक्षको बहसपछि सर्वोच्चले जवाफ सुन्दै सम्भवतस् आजै फैसला सुनाउने छ ।फैसला सुनाउन समय अभाव भएमा निर्णय सुनाउने मिति अर्कै दिन तोक्न पनि इजलासले सक्नेछ।सर्वोच्चले राजस्व छलेको ठहर गरेमा उनीहरूले नक्कली भ्याट बिल जारी गरी छलेको रकम पुनः सरकारलाई बुझाउनुपर्ने हुन्छ । तर, सर्वोच्चले सफाइ दिएमा मुद्दा लड्न राखेको धरौटी रकमसमेत उनीहरूले फिर्ता पाउने छन् ।

Womui
Womui