कांग्रेसमा बल्झियो बेल्जियम विवाद ,मिलाउलान् पूर्णबहादुरले?

39

छिनछिन खबर
काठमाडोैैैं,वैशाख १७ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्जियम कांग्रेसको जननिर्वा्चित जनसम्पर्क समिति बर्खास्त गरी नयाँ समिति खडा गरेपछि शिर्ष नेताबीच सतहमा देखिने गरी विवाद शूरु भएको छ ।

देउवाको निर्देशनमा पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जननिर्वा्चित जनसम्पर्क समितिलाई भङग गरेलगतै महामन्त्री शशांक कोइरालाले अर्काे पत्र पठाएर निर्वा्चित समितिलाई नै मान्यता दिएका थिए ।देउवाले सीता सापकोटा नेतृत्वको निर्वा्चित समितिलाई भङग गर्दै माधव सापकोटा नेतृत्वको समिति गठन गरेका थिए । देउवालाई चुनौति दिँद महामन्त्री कोइरालाले पुरानालाई नै मान्यता दिनेगरी पत्राचार गरेका थिए ।

बेल्जिमको विवाद सानेपासम्म आइपुगेको छ । बेल्जियमको विवादले शिर्ष नेताबीच टकराव शूरु भएको छ । सभापति देउवा र महामन्त्री कोइरालाको विवाद मिलाउन अर्का महामन्त्री पूर्णबहादुर खड्का लागि परेका छन् ।महामन्त्री खड्काकै पहलमा सोमबार सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सम्वाद भएको छ । देउवा र पौडलले बेल्जियमको विवाद दुई महामन्त्री बसेर मिलाउने गरी सहमति गरेका छन् ।

Womui
Womui