जाँदा जन्ती फर्किंदा मलामी !

133

छिनछिन खबर
पाल्पा,बैशाख १७ । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–४ हुवास गाउँका सन्तबहादुर सारुको घरमा सोमबार बिहान हर्ष र खुशीको सीमा थिएन । छोरा श्यामबहादुरको विवाहको ढोगभेट फुकाउन जाने लगनको दिन भएकाले पनि सन्तबहादुरको परिवारमा खुशी छाउनु स्वाभाविक थियो ।

बिहानैदेखि सिँगार–पटार र जन्त जानेहरुको चहलपहल हुने नै भयो । भोज भतेरको तयारी पनि चल्ने नै भयो । एक हप्ताअघि प्रेम विवाह गरेका श्यामबहादुरको विधिवत विवाह सोमबार मात्रै हुँदै थियो ।बेहुला श्यामबहादुर सोमबार आफै पनि जन्ती जानका लागि चाहिने सरसामान जुटाउने र त्यसको व्यवस्थापन गर्दै जिपमा बाजागाजा र जन्तीसहित बेहुलीको माइततर्फ लागे । त्यहाँ पुगेपछि धुमधाम रमाइलो भयो । मगर समुदायको

रीतिरिवाजअनुसार टीकाटालो भयो । दिउँसो अबेरसम्म खानपिन गर्दै रमाइलो गरे ।निस्दी गाउँपालिका प्रमुख मुक्तबहादुर सारुका अनुसार साँझ घर फर्किने बेलासम्म जन्ती रमाइरहेका थिए । उनीहरुले मदिरा पनि पिउनै नै भए । अरू त अरू जिप चालकले पनि मदिरा सेवन गर्न बाँकी राखेनन् । बेहुलीको घरबाट बिदावारी भएर निस्केको जन्तीको टोली निस्दी गाउँपालिका वडा नम्बर ६ को अर्चले धोबला र ७ को ज्यामिरेका बीचमा चारघरे भन्ने स्थानसम्म सकुशल आइपुग्यो । जहाँ कच्ची सडक र अफ्ठ्यारो बाटो सुरु भएपछि सबैलाई ओर्लन लगाइयो ।

गाउँपालिका प्रमुख मुक्तबहादुर सारु भन्छन, ‘जानकारी भएअनुसार १२, १३ जना जिपबाट झरेर हिँड्दै आए । बढी मदिरा सेवन गरेका बुढापाकाहरु जिपबाट ओर्लेनन् । त्यसैक्रममा अलि वर आएपछि जिप अनकन्टार भीरबाट गल्र्यामगुर्लुम्मै ढल्यो ।’जिपमा सवार ६ जनामध्ये एक जना भने हाम्फालेर बाँच्न सफल भए । अरू ५ जनाको ज्यान गयो ।दुर्भाग्यवस हिजो जग्गेमा रहेका बेहुला आज बाबुको मलामी र किरिया क्रमको कुनोमा बस्नुपर्ने भएको छ । हिजो जन्ती जानेहरु सबै जना रातैभर शव निकाल्नेदेखि तानसेनसम्म पुर्याउने काममा खटे ।मङ्गलबार बिहान हिजोका जन्तीहरु प्हिला शव बुझ्न तानसेन र त्यसपछि मलामी जाने तयारीमा रहेको उनै वडा सदस्य लालबहादुर सारु बताउँछन् ।

Womui
Womui