ललितपुरमा श्रीमतीको विभत्स हत्या, बोकेर हिँडे टाउको

124

छिनछिन खबर
काठमाडौं,बैशाख १० । ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

 

 

४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

४२ वर्षीय जय बहादुर वाइवा

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।हत्या पारिवारिक कारण भएको बताइएको छ । जयबहादुरले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए ।जयबहादुर काचो इट्टा बनाएर बेच्ने काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनीहरुको २ सन्तान छन् ।

Womui
Womui