धादिङ केन्द्रबिन्दु भएर आजै तेस्रो पटक भूकम्पको धक्का

113

छिनछिन खबर
काठमाडौं,बैशाख ११ । धादिङ केन्द्रबिन्दु भएर बुधबार फेरि अर्को भूकम्पको धक्का गएको छ ।दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान पनि नौबिसे आसपास नै केन्द्रबिन्दु भएर २ वटा भूकम्पको धक्का गएको थियो ।बिहान ६ बजेर २९ मिनेट जाँदा ५ दशमलव २ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।चार वर्षअघि अर्थात ०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प जाँदा ८ हजार बढी मानिसको ज्यान गएको थियो भने ७ लाख बढी घर भत्किएका थिए ।त्यसयता ४ हजारबढी परापकम्प आइसकेको केन्द्रले जनाएको छ ।

Womui
Womui