जीपको ठक्करबाट पाल्पामा ज्येष्ठ नागरिकको मृत्यु

21

रासस
बेझाड (पाल्पा), वैशाख १० । रामपुर नगरपालिका(४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मंगलबार बिहान ग२च ३०९४ नंम्बरको बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा मियाँलाई जीपले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Womui