पत्रकार खड्का र ओलीलाई बारबरा एडम्स खोजी पत्रकारिता सम्मान

118

छिनछिन खबर
काठमाडौं,वैशाख १० । यसवर्षको बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१८ पत्रकार रुद्र खड्का र अर्जुन ओलीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । सिक्टा सिञ्चाइ आयोजनामा भएको अनियमितता सम्बन्धी खोजी रिपोर्टका लागि नागरिक दैनिकमा कार्यरत पत्रकार खड्का र ओलीलाई सम्मान प्रदान गरिएको निर्णायक समितिले जनाएको छ ।

यो सम्मानको राशी १ लाख १ रुपैयाँ रहेको छ । उक्त सम्मान आगामी २०७६ वैशाख १३ गते शुक्रबार नेपाल पर्यटन बोर्डको सभाकक्षमा बारबरा एडम्सको जन्मजयन्तीका अवसरमा प्रदेश ३ कि प्रमुख अनुराधा कोइरालाले प्रदान गर्ने्छिन् ।बारबरा फाउन्डेसनले सम्मानका लागि ५३ वटा आवेदन परेका थिए । तीमध्येबाट निर्णायक समितिको तीन चरणको छनौट प्रक्रियाबाट खड्का र ओली चयन भएका बारबरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पत्रकार खड्काले काठमाडौंबाट र पत्रकार ओलीले नेपालगन्जबाट सिक्टा सिञ्चाई आयोजनामा भएको अनियमितताबारे रिपोर्टिङ गरेका थिए । उनीहरुले फाउन्डेसनलाई ४५ वटा सिलसिलावद्ध रिपोर्ट पेश गरेका थिए ।

यसैगरी, फाउन्डेसनले निर्णायक समितिको सिफारिस बमोजिम छनौटमा परेका उत्कृष्ट ५ रिपोर्टमध्ये संसद् सचिवालयमा भएको बेथिती र अनियमितता सम्बन्धी रिपोर्टका लागि पत्रकार मकर श्रेष्ठलाई प्रोत्साहन सम्मान प्रदान गरेको छ । यो सम्मानको राशी २५ हजार १ रुपैयाँ छ ।बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१८ का लागि नेपालका वरिष्ठ पत्रकार अखिलेश उपाध्यायको संयोजकत्वमा एक निर्णायक समिति गठन गरिएको थियो । समितिको सदस्यहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, वरिष्ठ पत्रकार कसमस विश्वकर्मा र सदस्य–सचिवमा शरद अधिकारी थिए ।पत्रकार तथा लेखिका बारबरा एडम्बसले नेपालमा खोजी पत्रकारिताको संस्थागत विकास गर्ने उद्देश्यले १० लाख रुपैयाँ अक्षय कोष खडा गरी बारबरा एडम्स खोजी पत्रकारिता सम्मानको स्थापना गरेकी थिइन् ।

Womui
Womui