जिल्ला नेतृत्वको सूचीप्रति माधव नेपाल असन्तुष्ट

95

मालती ओली
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सार्वजनिक गरेको जिल्ला नेतृत्वको चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्नो पक्षलाई पेलेरै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सुची तयार गरेर सार्वजनिक गरिएको प्रति उनले असन्तुष्टि जनाएका हुन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेकपाको ७० औँ स्थापना दिवसको अवसर कार्यक्रम चलिरहेकै बेला नेता नेपाल असन्तुष्ट हुदैँ कार्यक्र स्थलबाट बाहिरिए । ओली र दाहाल तथा महासचिव पौडेलले तयार पारेको ७७ जिल्लाका अध्यक्ष र सचिवको सूची सबै सचिवालय सदस्यलाई बाँडिएको थियो ।

Womui
Womui