नेकपाले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगायो

38

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि नेकपाको सांगठनिक एकीकरणको प्रक्रिया टुंगिन सकेको थिएन । श्रेष्ठले केही दिन भित्रैमा पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्य्विभाजन पनि हुने बताए । यसअघि पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच जिल्ला अध्यक्ष र सचिवको नाममा सहमति गरिएको थियो ।

Womui
Womui