विप्लवको बाटो गलतः प्रचण्ड

115

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवले लिएको बाटो गलत भएको बताएका छन् ।

बम पड्काएर परिवर्तन आउने ठान्नु विप्लवको ठूलो भ्रम भएको उनको भनाइ छ । चितवनको कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विप्लवलाई हिंसा छाडेर वार्ता, संवादमा आउन आग्रह पनि गरे । ‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिँड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो ।’ ‘यो २०५२ साल होइन । हामी २०७६ सालमा पुगेका छौं ।

संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ उनले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु । उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु ।’संविधानमै समाजवाद उन्मुख राज्य हुने लेखिसकिएकोले परिवर्तनका लागि बमको आतंक आवश्यक नभएको उनले बताए ।

Womui
Womui