राजपाको महाधिवेशन असार मसान्तसम्म गर्ने तयारी

117

छिनछिन खबर
काठमाडौं– ६ मधेसवादी दल एक भई बनेको राष्ट्रिय जनता पार्टी नेपालले असार मसान्तसम्म महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी एकीकरण भएको दुई वर्षसम्म महाधिवेसन हुन सकेको छैन ।

तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेस सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिक बीच २०७४ साल वैशाख ७ गते एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो ।

वैशाख ७, ८ र ९ गते महाधिवेश गर्ने घोषणा गरेको भए पनि बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावित जनताको उद्धारमा खट्नुपर्ने भएकाले तोकिएको समयमै अधिवेशन गर्न नसकेको राजपाले जनाएको छ ।
राजपाका महासचिव केशव झाले यही वैशाख ८, ९ र १० गते पदाधिकारी बैठक बस्ने र सो बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए । उनले भने, “बैठकले असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी कार्य तालिका सार्वजनिक गर्नेछ ।

Womui
Womui