नेका सभापछि शेर बहादुर देउवा भन्छन्ः सरकारको स्वेच्छाचारिता बढ्यो !

39

छिनछिन खबर
काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा पुर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति रुद्रमणि शर्मा भण्डारीको १० औ पुण्यतिथिका सन्र्दभमा सनिबार काठमाण्डौमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै सभापति देउवाले उक्त आरोप लगाएका हुन् ।नेपाली सेना तथा संवैधानिक निकायमाथि आफ्नो वर्चश्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भइरहेको’ दावी गर्दै उनले ‘त्यसविरुद्ध एकढिक्का हुन’ कांग्रेसका कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

देउवाको भनाइ थियोः ‘सरकारका गतिविधि विरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्छ ।’पूर्व सभामुख दमननाथ ढुंगानासहित नेता कार्यकर्ताको उपस्थिति रहेको उक्त श्रद्धाञ्जली सभा नेपाली कांग्रेस गुल्मी काठमाण्डौ मञ्चले आयोजना गरेको हो ।

Womui
Womui