विश्वभरका उत्कृष्ट गन्तव्यमध्ये काठमाडौं पाँचौं स्थानमा

30

छिनछिन खबर
काठमाडौं–विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५ औं स्थानमा परेको छ । हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूकोे सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट सहरभित्र समावेश गरेको हो ।

सन २०१५ को भूकम्पका कारण रहर टुटेको सहर र शोकमा डुबेको काठमाडौं विस्तारै तंग्रिरहेको छ । पुनर्निर्माण र पुनरुत्थानको क्रममा रहेको काठमाडौं फेरि आफ्नो ऐतिहासिकता र मौलिकतातिर फर्किरहेको छ । सहरका ऐतिहासिक स्थलहरू आफ्नो पूर्व महिमामा फर्केका छन् स शहरको ट्राफिक व्यवस्थापन र धुलो धुवाले उब्जाएको समस्या अवश्य छ । तरपनि काठमाडौं फेरि पुरानो सहरको पहिचान स्थापित गर्न उद्दत रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।
विश्वका दश उत्कृष्ट शहर
कोपनहेगन, डेनमार्क
सेञ्जेन, चीन
नोभी साद, सर्बिया
मियामी, अमेरिका
काठमाडौं, नेपाल
मेक्सिको सिटी, मेक्सिको
डकार, सेनेगल
सिएटल, अमेरिका
जदार, क्रोएसिया
मेक्नेस, मोरक्को

Womui
Womui