नयाँ वर्षमा ३४२ लाई मानपदवी

72

छिनछिन खबर
काठमाडौं– नयाँ वर्षको अवसर पारेर सरकारले विभिन्न क्षेत्रका ३४२ जनालई मानपदवी र विभुषण प्रदान गर्ने निर्णय गरेको छ । कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न पदवी दिने निर्णय गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङ्गलाई महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणी पदवी दिने निर्णय भएको छ । पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम र साहित्यकार झमककुमारी घिमिरेलाई किर्तिमय राष्ट्रदीप प्रदान गरिँदैछ ।

सरकारले यस वर्ष प्रवल जनसेवा श्री पदवी मात्र १६० जनालाई प्रदान गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले पदक पाउनेको टुंगो लगाएको हो ।

Womui
Womui