प्रधानमन्त्री ओली भन्छन्–आर्थिक विकासका लागि तीव्र गतिमा दौड्न आवश्यक छ

119

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि तिव्र गतिको दौड आवश्यक रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासका लागि सबैको सक्रियता आवश्यक रहेको बताएका हुन् ।

‘जे गर्नुछ यो एक दशकमा पूरा गर्नुपर्छ’, उनले भने,‘त्यसका लागि तीब्र गतिमा दौड्न आवश्यक छ ।’ विकासमा नेपाल अरु देशभन्दा पछि परेको भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई भेट्न र उछिन्नका लागि विकासको गति दौडाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले समयको हेक्का राख्न सबैमा आग्रह गरेका छन् । देश विकासका लागि अनगिन्ती काम गर्न आवश्ययक रहेको भन्दै ओलीले सक्रिय हुन सबैमा आग्रह गरेका छन् । गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको भन्दै ओलीले त्यही आधारमा टेकेर नयाँ वर्षमा विकास र समृद्धिको बाटोमा बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राज्यमा रहेको चरम वेथितिलाई प्रणालीगत स्थायीत्वमा विकसित गर्ने तहमा आइपुगेका ओलीको भनाइ छ । संघीयता नेपालका लागि नयाँ अभ्यास भएका कारण केही अलमल भएको भन्दै ओलीले अहिले तीनै तहको सरकारले एक वर्षको अवधिमा सिक्दै र कमी कमजोरीलाई चिर्दै अघि बढेको बताए । गत वर्ष नीतिगत र कानूनी जग बसाल्ने काम गरेको भन्दै ओलीले अब त्यही जगमा टेकेर तिव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

श्रोत साधनले विकास गर्न ढिला हुने भएकाले मित्रहरुको सहयोग खोजेको र त्यसैका लागि केही समय अघि लागनी सम्मेलनको आयोजना गरेको ओलीको भनाइ थियो । गत वर्ष शान्तिका क्षेत्रमा सरकारले धेरै काम गरेको ओलीको भनाइ थियो । राष्ट्र विखण्डनका पक्षमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याएको भन्दै ओलीले संविधान विरोधी कामलाई कडाइकासाथ नियन्त्रण गरिने बताए । राजनीतिक आडमा हिंसाको बाटोमा नहिँड्न उनले सबैमा आग्रह गरे ।

Womui
Womui