अमिताभ बच्चनले बुझाए राज्यलाई १ अर्ब ५ करोड कर

47

एजेन्सी–बलिउडका बादशाह अमिताभ बच्चनले एक बर्षमा १ अर्ब ५ करोड राज्यलाई कर तिरेका छन् । भारतीय फिल्म इन्डस्ट्रीमा सबैभन्दा बढी कर बुझाउने अभिनेताको सूचीमा उनको नाम दर्ज भएको छ ।

 

उनका प्रवक्ताका अनुसार बच्चनले सन् २०१८ मा उनले त्यति रकम कर बुझाएका छन् । पछिल्लो समय सामाजिक सेवामा रहेका बच्चनले २००० किसानको ऋण चुक्ता गरिदिएका थिए । कयौ किसान ऋणको भारमा परिरहेका बेला बच्चनले ऋण चुक्ता गरिएका थिए । त्यसैगरी पलुवामा मारिएका सैनिक जवानका परिवारलाई उनले १०÷१० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । यति सहयोग गर्दा पनि उनले राज्यलाई १ अर्ब ५ करोड रकम कर बुझाएका छन् । पछिल्लो समय धेरै फिल्ममा नखेले पनि उनको आर्थिक आम्दानीको स्रोत भने उस्तै रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Womui
Womui