तातोपानी नाका जेठ दोस्रो सातादेखि सञ्चालनमा आउने

69

छिनछिन खबर
काठमाडौं–भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले  नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमाक्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए । उच्चस्तरीय टोलीले निर्माणाधीन सुख्खा बन्दरगाह, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । सुख्खा बन्दरगाह निर्माणकार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो ।

चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको छ । नेपालका उच्चस्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्ने प्रयासमा लागेको जानकारी गराएका थिए ।

Womui
Womui