पब्जी खेलमाथि प्रतिबन्ध

154

छिनछिन खबर
काठमाडौं– चर्चित इन्टरनेट खेल (भिडियो गेम) पब्जीमागि प्रतिबन्ध लगाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष आग्रहमा दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा इन्टरनेट प्रदायकलाई पब्जी खेल डाउनलोड र खेल्ने नमिल्ने बनाउनका लागि पत्र पठाइएको जानकारी दिए । यो खेल विश्वभर नै लोकप्रिय बनेको थियो । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय बनेको पब्जी खेलका कारण मानसिक समस्या समेत उत्पन्न भएको र यो खेल लत (नशा) को रुपमा रहेको भन्दै विज्ञहरुले यसलाई बन्द गर्न सुझाव दिँदै आएका थिए । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताउने गरेका छन् ।

Womui
Womui