तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही

24

छिनछिन खबर
काठमाडौं– गृह मन्त्रालयले पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न जान निर्देशन दिएको छ । यदि कर्मचारी तोकिएको स्थानमा नगए कारबही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले सूचना जारी गरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न सचेत गराएको छ । “तोकिएको ठाउँमा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरासमेत यसै सूचनामार्फत अवगत गराइएको छ,” मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

Womui
Womui