आठौँ राष्ट्रिय खेलकुदः पुलिसलाई स्वर्ण

32

छिनछिन खबर
नेपालगन्ज– जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पारेको छ । टेबल टेनिसको महिला टिम इभेन्टमा नेपाल एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।

 

पुलिसकी एलिना महर्जनले सेलिषा खड्गीलाई ३–२ तथा नविता श्रेष्ठले अनिता महर्जनलाई ३–० ले पराजित गरेपछि पुलिस २–० ले अगाडि बढेको थियो । तेस्रो खेलमा पुलिसकी मन्जु सुवाल एपीएफकी सिक्क सुवालसँग ३–१ ले पराजित भएपछि एपीएफले पुनरागमन गर्ने सम्भावना देखिएको थियो । तर राष्ट्रिय च्याम्पियन नविताले सेलिषालाई ३–१ ले पराजित गर्दै समग्रमा पुलिसको जित सुनिश्चित गरिन् ।

Womui
Womui