पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालय खारेज

48

छिनछिन खबर
काठमाडौं– सरकारले यसअघि रहेको ५ विकास क्षेत्रको संरचनामा आधारित क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । संघीय मन्त्रिपरिषद्को गत २५ गते बसेको बैठकले क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको हो ।

सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूलप्रसाद बास्कोटाले अब ती कार्यालयमा रहेका सबै सम्पत्ति सम्बन्धित प्रदेशको मुख्यमन्त्री कार्यालय मातहत जाने जानकारी दिए । प्रदेश र संघको सम्बन्ध सफल भएन भनेर गुनासो आउने गरेको थियो, अब सुमधुर सम्बन्ध हुन्छ,’ मन्त्री बास्कोटाले भने ।

Womui
Womui