सरकार आफैँले मुलुकमा लुटतन्त्र मच्चाइरहेको छः कमल थापा

203

छिनछिन खबर
काठमाडौं,चैत २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार आफैंले मुलुकमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाएका छन् ।

 

अध्यक्ष थापाले वाईडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भएकै बेला प्रधानमन्त्री निवास बालुवाटार वरपरको जग्गा पनि ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार आएको भन्दै आक्रोश पनि व्यक्त गरे ।हिन्दुराष्ट्र पुनस्र्थापनाको मुख्य मागसहित बिहीबार पनि काठमाडौंमा पार्टीले आयोजना गरेको दवावमूलक कार्यक्रममा बोल्दै उनले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी हस्तक्षेप गरिएको भन्दै सरकारको निन्दा र भत्सर्ना पनि गरे ।अध्यक्ष थापाले हिन्दुहरुको बाहूल्य रहेको मुलुकलाई हिन्दु राष्ट्र बनाउन गरिएको मागलाई सम्बोधन गर्नुको साटो प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरिरहेको गुनासो पनि गरे ।

Womui
Womui