पूर्व सांसद साहले अस्पतालमै छोडिन् शिशु, यस्तो छ कारण

171

छिनछिन खबर
काठमाडौं–पूर्व सांसद गायत्री साहले डाउन सिन्ड्रोम भएको नवजात शिशुलाई ललितपुरको मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेको बताएकी छन् ।

उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले भने कुनै गल्ती नभएको दावी गरिरहेका छन् । साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन् । विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सामान्य रुपमा डाउन सिन्ड्रोमको स्क्रिनिङ नगराइने शाहको भनाइ छ । साह यस्तो बच्चाको जिम्मा अस्पतालले लिनु पर्ने बताउँछिन् । साह र अस्पतालको विवाद अब कसरी टुंगिन्छ भन्नेबारे अन्योल देखिएको छ ।

Womui
Womui