प्रधानमन्त्री ओली जहाँ जान्छन्, त्यहाँ बन्दः विप्लव

46

छिनछिन खबर
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै सो पार्टीले आउँदो बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो । आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो समूहले घोषणा गरेको हो । सरकारले केही समयअघि विप्लव समूहका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


बैशाख ६ अघिबाट नै लागू हुने गरी विभिन्न कार्यक्रम घोषणा गरेको विप्लव समूहले चैत २६ देखि २९ सम्मा आफुहरुमाथि लगाइएको प्रतिबन्धको विरोधमा पर्चा वितरण तथा भन्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको जानकारी दिउको छ भने बैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ ।

Womui
Womui