पत्रकारलाई पसिनाको मूल्य तिर्नुपर्दा मिडिया मालिकलाई ज्वरो आएको छः मन्त्री बाँस्कोटा

24

छिनछिन खबर
काठमाडौं–सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारलाई कानुन बामोजिम पारिश्रमिक दिनुपर्छ भन्दा मिडियाका मालिकलाई १०५ डिग्रीको ज्वरो आएको बताएका छन् । सोही कारण आफ्नो राजीनामा माग्ने तहसम्म केही मिडिया पुगेको बताएका छन् । उनले श्रमको शोषण गर्ने मालिकहरुसँग आफूले सम्झौता नगर्ने भन्दै आम पत्रकार र पत्रकार महासंघलाई आफ्नो कित्ता प्रष्ट गर्न आग्रह गरे ।


नेपाल पत्रकार महासंघले मंगलबार सञ्चारग्राममा आयोजना गरेको ‘पत्रकारितामा श्रमको सवाल’ विषयक अन्तरक्रियामा सञ्चारमन्त्री बास्कोटाले श्रमजीवी पत्रकारलाई ‘कानून बमोजिम पारिश्रमिक देऊ’ भनेर सरकारले सम्झाउँदा प्रेस स्वतन्त्रता हनन नहुने बताए ।पसिनाको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई १०४ होइन, १०५ डिग्रीको ज्वरो आउछ । अहिले म त्यही देखिरहेको छु’ बास्कोटाले भने, ‘तर मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यन्वयन गराउन म दृढ छु ।

मिडिया हाउसबाट पत्रकारहरु ठगिएको गुनासो आएपछि प्रेस पास नवीकरण र वितरणका बेला सम्बन्धित संस्थाले बैंकमा तलब पठाएको पे रोल मागिएको मन्त्री बास्कोटाले बताए । त्यहि संस्थामा कोही २५ लाखसम्म खाने, श्रमजीवीले ५ हजार नपाएर रुँदै हिँड्नुपर्ने अवस्था सरकारलाई सैहृय नहुने उनको भनाइ छ । मिडिया हाउसले विभागमा पेश गर्ने पे रोल र पत्रकारले बैंकमा पाउने तलबमा धेरै फरक देखिएकाले बैंकमा जाने गरेको पे रोल मागिएको मन्त्री बास्कोटाले प्रष्ट पारे ।

Womui
Womui