बैशाख ६ गतेदेखि एक अर्ब ५७ करोडको सेयर आउँदै

38

छिनछिन खबर
काठमाडौं– आउँदो बैशाख ६ गतेदेखि २ वटा कम्पनीले अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपियाँ बराबरको सर्वसाधारणलाई सेयर जारी गर्ने भएका छन् । जनताको जलविद्युत् आयोजना अन्तर्गत सान्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावरले एक साथ आइपिओ निष्काशन गर्न लागेका हुन् ।

रसुवागढी हाइड्रोपावरले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता निष्काशन गर्न लागेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकी रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आइपिओ छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदन दिँदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम ५० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यसअघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ भने एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्री प्रबन्धक तोकिएका छन् । कम्पनीको आइपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधार रहेको जनाउछ ।

रसुवामा १ सय ११ मेगावाटको आयोजना निर्माण गरिरहेको यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड १२ लाख १२ हजार रुपैयाँ रहेको छ भने कम्पनीले ७६ साल फागुन ७ गतेदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै रसुवामै निर्मा(ा भइरहेको सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले पनि बैशाख ६ गतेदेखि नै सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दैछ । कम्पनीले ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आइपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम ५० कित्ता र अधिकतम २ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यसअघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ भने एनएमबि क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्री प्रबन्धक रहेका छन् ।

कम्पनीको आइपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधार रहेको जनाउछ । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने तल्लो साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ । यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड रहेको छ ।

Womui
Womui