कर्णाली राजमार्गमा पहिरो, सडक अवरुद्ध

202

छिनछिन खबर
सुर्खेत–शनिबार साँझ परेको भारी असिनासँगैको वर्षा र त्यसपछिको पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगन्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रु अलपत्र परेका छन् । दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ । पानी बेलाबेलामा आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजिअ चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो भएको उनको गुनासो छ । सडक अवरुद्ध भएको ठाउँमा पसल नभएकाले चाउचाउ बिस्कुट किन्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको यात्रुहरूको गुनासो छ ।

Womui
Womui