सरकार भ्रष्टाचारमा डुब्योः बाबुराम भट्टराई

111

छिनछिन खबर
बुटवल–नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेकपा नेतृत्वमा बनेको दुई तिहाइको सरकार भ्रष्टचारमा डुबेको आरोप लगाएका छन् । मगर राष्ट्रिय परिषद नेपालको दोस्रो संघीय भेलाको शनिवार बुटवलमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत जनताका पक्षमा कुने काम गर्न नसकेकोले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गरे ।

‘हलेदो भनेपछि अब कोट्याइराख्नु पर्दैन । यो सरकारको के गर्छ भन्ने लक्षण देखियो । काम गर्न नसक्ने भएपछि विकास बजेट घटायो । राजश्व संकलन लक्ष्य घटायो । भ्रष्टचारमा डुब्यो ।’ उनले भने, ‘अब यो सरकारबाट के आशा गर्ने ?’ भट्टराईले सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी सरकारबाट बाहिएको बताए । उनले अघि थपे, ‘संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत सावित गर्‍यो ।’

भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो पनि सही नभएको बताए । उनले अब नेपालमा संघर्ष आवश्यक नभएको भनाइ राखे । ‘अब संघर्ष जनयुद्ध भन्ने विप्लवले आवश्यक छैन,’ भट्टराईले भने, ‘देशमा विदेशी आक्रमण भयो भने सेनाले सत्ता हातमा लियो भने संघर्ष गनुपर्छ । चुप लागेर बस्नुपर्छ भन्ने होइन । अहिलेको अवस्था समृद्धि भएकाले त्यही बाटोमा सबै हिँडनुपर्छ । हिंसाको बाटो आवश्यक छैन ।’

उनले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गरे । ‘हामी विप्लवजीहरु जस्तो बन्दुकै उठाउने, देश अस्तव्यस्त गराउने गरीह होइन । तर पहिचान, अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएका छौं’ भट्टराईले भने ।

Womui
Womui