भरतपुर सामूहिक आत्महत्या प्रकरणः दुई सन्तानसहित आत्महत्या गर्नुअघि सैनिककी श्रीमतीले यस्तो लेखेकी थिइन्

123

छिनछिन खबर
भरतपुर– भरतपुर नगरपालिका–१८ शशिनगरमा बस्दै आएकी ३५ वर्षीया माया आलेमगर र १५ वर्षीया छोरी विनिता तथा १३ वर्षीय छोरा विवेशले आत्महत्या गर्नुको कारण सैनिक पति नरबहादुरको बेवास्ता पाइएको छ ।

आत्महत्या गर्नुअघि माया र दुई छोराछोरीले घर किन नआएर आफूहरूलाई किन माया नगरेको म्यासेज मोबाइलबाट पठाएको अनुसन्धानमा सामेल प्रहरी अधिकृतले बताएका छन् । बिहीबार राति तीन जनाले आफ्नै घरको कोठाको एउटै बलोमा सलको पासो लगाई आत्महत्या गरेका थिए ।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुुुसार श्रीमानले सुख–दुःख नहेर्ने र शंका मात्रै गर्ने गरेको पीडा सहन नसकेर श्रीमती र उनका दुई सन्तानले एकैसाथ आत्महत्या गरेको देखिन्छ । प्रहरीको प्रारिम्भक अनुसन्धान अनुसार काठमाडौं स्वयम्भुस्थित सैनिक ब्यारेकमा कार्यरत नरबहादुरले श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताका कारण एकैसाथ श्रीमती र छोराछोरीले आत्महत्या गरेको देखिएको छ । राठौरले नरबहादुर ३ दिनअघि काठमाडौंबाट बिदामा आए पनि श्रीमती र छोराछोरीलाई नभेटेर आफ्नो पुख्र्यौली घर गएर बसेको बताए ।

आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै लेखेकी छन्, ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु र सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं । श्रीमतीप्रति अनेक शंका र लान्छना लगाउने गरेको र छोराछोरीको पठनपाठन र हेरचाहमा वेवास्ता गर्ने गरेको म्यासेजले मोबाइलमा देखिएको राठौरले बताए ।

Womui
Womui