विश्वकै सवैभन्दा महँगो जोडीको सम्बन्ध बिच्छेद, ३५ बिलियन डलरमा डिल

168

एजेन्सी–विश्वका सवैभन्दा धनी ब्यक्ति मध्येका एक हुन् अमेजÞोन कम्पनीका प्रमुख जेफÞ बेजÞोस । तर उनी आफ्नो सम्पतिलेभन्दा अहिले विश्वभर सम्बन्ध बिच्छेदका कारण चर्चामा छन् । पत्नी मैकेजीसँग उनले गरेको सम्बन्ध बिच्छेदले विश्व रेकर्ड कायम गरेको छ ।

उनीहरुको सम्बन्ध बिच्छेद ३५ बिलियन अमेरिकी डलर अर्थात करिब ४० अर्ब रुपैयाँमा भएको छ । यो हालसम्मको विश्वकै सबभन्दा महँगो सम्बन्ध बिच्छेद हो । सम्बन्ध बिच्छेद गर्दा अमेजोनले पत्नीलाई २५ बर्ष पुरानो रिटेल कम्पनीको शेयर दिएका छन् । पतिसँग सम्बन्ध बिच्छेद भएपनि कम्पनीमा भने उनी जोडिएकी छिन् । उनले पतिका नाममा रहेको अन्य सम्पतिमा भने आफ्नो कुनैपनि दावी गरेकी छैनन् । वाशिगटन पोस्ट र बेजÞोस स्पेस ट्रैवल फर्म ब्लू ओरिजिनमा भने उनले आफ्नो कुनै दावी गरेकी छैनन् ।

बेजोस र मैकेजीले ३५ बिलियन डलरमा सम्बन्ध बिच्छेदको सम्झौता गरेका छन् । केही बर्षअघि अमेरिकी अर्बपति एलेक बाइल्डेनस्टाइन र उनकी पत्नी जोसेलीनबीच ३.८ बिलियन रकममा सम्बन्ध बिच्छेद भएको थियो । तर बेजोस र मैकेजीको जोडीले उनीहरुलाई धेरै पछि पारिदिएका छन् । सम्बन्ध बिच्छेदपछि उनले आफ्नो जीवनकै पहिलो ट्वीट गरेकी छिन् । यो जोडी सन् १९९४ मा जोडिएको थियो । २५ वर्षपछि उनीहरुले सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुका चार सन्तान छन् । अमेजोन कम्पनी दुवै जना मिलेर खोलेका थिए । २५ वर्षमा यो कम्पनी २३२.८ बिलियन डलरमा पुगेको छ ।

Womui
Womui