देशभरिकै मौसममा बदलीः हावाहुरी र पानी पर्ने सम्भावना

228

छिनछिन खबर
काठमाडौं–देशभरिकै मौसममा बदली हुँदा भई केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परिरहेको र केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली काठमाडांैसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन बासीले सचेत गराएकी छन् ।

Womui
Womui