विजय माल्या, जो साथीभाइको सहाराले दैनिक गुजारा चलाउँछन्

100

एजेन्सी
लण्डन– भारतीय बैंकको ऋण डुबाएर लण्डन भागेका मदिरा ब्यवसायी विजय माल्याले दैनिक गुजारा टार्न आफ्ना सहकर्मी, निजी सहायक, चिनजानका ब्यवसायी र छोराछोरीको सहयोग लिइरहेका छन् । उनले आफूसँग ’दैनिक जीवन धान्ने’ समेत पैसा नभएको बताएका छन् ।


माल्याले आफूबिरुद्ध १३ बैंकले हालेको मुद्दाका सन्दर्भमा दैनिक गुजारा टार्नसमेत समस्या भएको बताएका हुन् । उनले आफ्नो ब्यक्तिगत सम्पति २९५६ करोड भारुमा सीमित भएको र बैंकहरुको ऋण भुक्तानीका लागि कर्नाटक उच्च अदालतमा सम्पति प्रस्तुत गरेको बताएका छन् ।

माल्याले वेलायत सरकारको करिव २.४ करोड भारु कर भुक्तानी गर्नु पर्ने छ । साथै उनले पूर्व वकिल म्याकफलेन्सको पनि केही रकम भुक्तानी गर्न बाँकी छ । माल्यले भारतीय बैंकको ३.३७ करोड भारुको कानुनी खर्चमध्ये १.५७ करोड भारु पनि भुक्तानी गरेका छैनन् ।

लण्डन अदालतमा भारतीय बैंकले हालेको मुद्दामाथि सुनुवाइ चलिरहेको छ । माल्यालाई भारत सुपुर्दगीका लागि अहिले भारतीय अधिकारीहरु लगातार पहल गरिरहेका छन् ।

Womui
Womui